भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

गृह प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराइ

गृह प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराइ

काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराइलाई दिएको छ । सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव भट्टराइलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् बैठकले उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकबाट सरुवा गरेर गृह मन्त्रालय अन्तरगत सरुवा गरेको थियो । मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएपछि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र प्रवक्ताको पद रिक्त रहेको थियो ।

भट्टराई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र मानिन्छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले भट्टराइलाई कर्णाली प्रदेशको लोक सेवा आयोगबाट सरुवा गरेर मन्त्रालय तानेर यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.