भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

गृह प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराइ

गृह प्रवक्तामा सहसचिव नारायणप्रसाद भट्टराइ

काठमाडौं । गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव नारायणप्रसाद भट्टराइलाई दिएको छ । सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव भट्टराइलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

केही दिनअघि मात्रै मन्त्रिपरिषद् बैठकले उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकबाट सरुवा गरेर गृह मन्त्रालय अन्तरगत सरुवा गरेको थियो । मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव जितेन्द्र बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएपछि सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र प्रवक्ताको पद रिक्त रहेको थियो ।

भट्टराई उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठका विश्वास पात्र मानिन्छन् । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा रहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले भट्टराइलाई कर्णाली प्रदेशको लोक सेवा आयोगबाट सरुवा गरेर मन्त्रालय तानेर यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.