गोली प्रहारबाट बालकको ज्यान गयो

गोली प्रहारबाट बालकको ज्यान गयो

खोटाङ । बाँदरलाई हानेको गोली लागेर खोटाङमा एक बालकको ज्यान गएको छ । ऐंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो ।

बाँदर धपाउनका लागि भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए । बन्दुकसहित प्रहरीले मानकाजीलाई पक्राउ गरेको छ ।

बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए । शैलेन्द्रका बुवाआमा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी सानिआमाको बहिनीको घरमा बस्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.