भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

झापा । ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

घरमा रामेछापका कुमार पाण्डे भाडामा बस्दै आएका थिए। आगलागी भएपछि स्थानीयवासी आगो निभाउने पुगे। सोही क्रममा कोठाभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा मेचीनगर ८ निवासी ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको डिएसपी सुनिल दाहालले बताए ।

उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारीमा लगिएपछि मृत्यु भएको थियो। विस्फोटमा परी मेचीनगर ७ निवासी ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ निवासी २९ वर्षीय गोविन्द प्रसाद राजवंशीलाई, मेचीनगर ७ निवासी बस्ने ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम,

४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानी शङ्कर न्यौपाने, मेचीनगर ८ निवासी ३४ वर्षीय हरि विक, सोही ठाउँका अर्जुन अधिकारीको ८ बर्षीया छोरी

सुशीला अधिकारी र मेचीनगर ७ निवासी ३६ वर्षीय निर्मल शर्मा घाइते भएका छन् । उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.