भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

ग्यास सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

झापा । ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर आगलागी भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

घरमा रामेछापका कुमार पाण्डे भाडामा बस्दै आएका थिए। आगलागी भएपछि स्थानीयवासी आगो निभाउने पुगे। सोही क्रममा कोठाभित्र रहेको ग्यास सिलिन्डर विस्फोट हुँदा मेचीनगर ८ निवासी ४५ वर्षीय सारद राजवंशीको मृत्यु भएको डिएसपी सुनिल दाहालले बताए ।

उनलाई उपचारका लागि एन्जल मेडिकल धुलाबारीमा लगिएपछि मृत्यु भएको थियो। विस्फोटमा परी मेचीनगर ७ निवासी ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ निवासी २९ वर्षीय गोविन्द प्रसाद राजवंशीलाई, मेचीनगर ७ निवासी बस्ने ३२ वर्षीय दीपेन्द्र कार्की, सोही ठाउँका ३८ वर्षीय चन्दन गौतम,

४० वर्षीय सुबलाल राजवंशी, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानी शङ्कर न्यौपाने, मेचीनगर ८ निवासी ३४ वर्षीय हरि विक, सोही ठाउँका अर्जुन अधिकारीको ८ बर्षीया छोरी

सुशीला अधिकारी र मेचीनगर ७ निवासी ३६ वर्षीय निर्मल शर्मा घाइते भएका छन् । उनीहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.