भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घर भत्केर मृत्यु भएका परिवारलाई राहत

घर भत्केर मृत्यु भएका परिवारलाई राहत

देउखुरी । अविरल वर्षाका कारण घर भत्केर मृत्यु भएकी बालिकाको परिवारलाई जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाले राहत प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको निधन भएको थियो । घटनामा आमा र दिदी घाइते भएका छन् ।

मृतकका बुबा आशाराम चौधरीलाई घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्च रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गर्नुभएको थियो । राहत दिन प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले र नगर प्रमुख चौधरी पीडितको घरमै पुग्नुभएको थियो ।

 


Thali Mobile Pvt.Ltd.