भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

घाँस काट्न हिडेका सात बालिका सम्पर्कविहीन

घाँस काट्न हिडेका सात बालिका सम्पर्कविहीन

बर्दिबास । महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन् ।

मंगलबार घाँस काट्न गएका उनीहरू अबेर साँझसम्म घर नफर्किएपछि परिवार अप्ठ्यारोमा परेको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए । ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान बेखवर छन् ।

मंगलबार दिउँसो २ गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा घाँस काट्न गएका थिए । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गाउँलेले गरेका छन् । बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए । लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित भएका छन्। भंगहा सशस्त्र बेस क्याप पनि खोजीमा खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.