चरा संरक्षण क्षेत्रमा नेपालकै पहिलो नगरपालिका बन्यो पनौती: अधिकारी (भिडियोसहित)

चरा संरक्षण क्षेत्रमा नेपालकै पहिलो नगरपालिका बन्यो पनौती: अधिकारी (भिडियोसहित)

काठमाडौं । चरा संरक्षण क्षेत्र घोषणामा नेपालकै पहिलो नगरपालिका बनेको छ काभ्रेपलाञ्चाेककाे पनौती नगरपालिका ।

पर्याप्त प्रचार प्रसारको कमी र सरोकारवाला निकायको बेवास्ताका कारण चराहरु मासिदै गएपछि त्यसको संरक्षणका लागि नगरपालिकाले २०७७ पुष २८ गते आठौं नगरसभाबाटै घोषणा गरिएको नगरपालिका २ नम्वर वडाका वडाध्यक्ष पुरुषोत्तम अधिकारीले बताए ।

राष्ट्रिय निकुञ्ज र बन्यजन्तु आरक्ष बाहेक चरा संरक्षण क्षेत्र घोषणा गरिएको नगरपालिकाको हकमा नेपालमा पहिलो नगरपालिका हो । लोपउन्मुख अवस्थामा रहेको काँडे भ्याकुर पनौतीको जंगल र रानीकोट क्षेत्रमा धेरै पाईने भएकाले यहाँ रहेका २८० प्रजातीका चरा संरक्षणमा जुटेको उनको भनाई छ ।

आन्तरिक र वाह्य पर्यटकको आकर्षण बनेको यस क्षेत्रमा चराको संरक्षण गरेर पर्यटन प्रवद्धनमा थप टेवा पुग्ने विश्वास लिएको उनको भनाई छ । चरा संरक्षण क्षेत्र घोषणा गरिएपछि रानीकोट लगायतका क्षेत्रमा खुसी व्यक्त गरिएको छ । सरोकारवालाले कुनै वास्ता नगर्दा अस्तित्व नै संकटमा परेको यस क्षेत्रको अहिले भने उत्साह छाएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्…

अबको केहि दिन भित्रै विशेष योजना ल्याइने र त्यो भन्दा पहिले भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटमा सरोकारवालासंग बृहत छलफल गरिने अधिकारीले बताए । जैबिक बिबिधताको दृष्टिकोणले समेत उपयुक्त यस क्षेत्रको संरक्षणले गर्दा स्थानीय सरकारको ध्यानसंगै केन्द्रीय सरकारको पनि ध्यान जान जरुरी छ ।

 


Thali Mobile Pvt.Ltd.