भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चामल नभएर दुर्गमका गोदाम रित्ता, सरकारी नारा छ ‘सुपथ मुल्य पसल’

चामल नभएर दुर्गमका गोदाम रित्ता, सरकारी नारा छ ‘सुपथ मुल्य पसल’

धनगढी । चाडपर्वलाई लक्षित गरी नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सुगम क्षेत्रमा तामझामका साथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तर देशका दुरदराजका अधिकांश खाद्य गोदाम रित्ता भएका छन् । सुपथ मुल्य पसल नारामा सिमित भएकाे दुर्गमका स्थानीय बताउँछन् ।  जिल्लामा सुपथ पसल त के चामल समेत नभएर गोदाममा ताल्चा झुन्डिएका छन् ।

खाद्यान्न संकट भइरहने बाजुरामा कम्पनीका गोदाम रित्ता भएका छन् । अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर ताल्चा झुण्ड्याएको छ । कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रको अवस्था झन दयनिय छ ।

सदरमुकाम मार्तडीमा त बेजोगको स्थिति छ । गोदाममा खाद्यान्न छैन बाहिर भने ‘सुपथ मूल्य पसल’ भनेर बडेमानको ब्यानर झुन्ड्याइएको छ । कोल्टी डिपोको गोदाम रित्तिँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

गोदाममा भएका बेला डिपोले प्रतिकिलो ५६ रुपैयाँमा बिक्री गर्ने गुणस्तरकै चामल अहिले बजारमा ७० रुपैयाँ प्रतिकिलो किन्नुपरेको छ । प्रदेश कार्यालयमा स्थानीयले पटक पटक गुहार्दा आश्वासन आए पनि चामल भने आउन नसकेको गाउँले बताउँछन् । स्थानियको गुनासोमा कोल्टी डिपो प्रमुख भीमबहादुर बुढा भन्छन्, ‘हामीलाई पनि तनाव छ, चाडबाडका मुखमा गोदाममा ताल्चा झुन्ड्याउनुपरेको छ ।’

नेपाल खाद्य तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले भने ढुवानी सम्झौता गर्न ढिलाइ भएर समस्या भएको बताएको छ । बाजुरामा गत आर्थिक वर्ष ०७९–०८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.