भक्तपुर । सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण प्रक्रियालाई प्रभावकारी र सहज बनाउन लागिपरेको यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशि शंकर महर्जनले बताएका छन् ।
लकडाउन अघि सहज भएपनि अहिले अनलाइन माध्यमबाट लाईसेन्स भर्ने हुदा समस्या भएको भन्दै सहज बनाउन लागेको बताएका हुन् । पटक पटक सर्भरमा समस्या देखिनुले लाईसेन्स प्रक्रियामा समस्या हुदा सेवाग्राही झगडा गर्न आउने सम्मका घटना भएकोले चुस्त बनाउन लागिपरेको उनको भनाई छ ।
नियमित सर्भर संचालन नआउँदा झन् समस्या भएको प्रमुख महर्जनले बताए । यता मन्त्रालयले त्यो समस्या समाधानका लागि निर्देशन दिने गरेकाे तर समस्या समाधानमा निर्देशन बाहेक अरु केही पहल नहुँदा झन् समस्या हुने गरेको जिकिर उनकाे छ ।
यातायात व्यवस्था विभाग लगायत प्रदेश यातायात कार्यालयको अपुरो र भरपर्दो सेवा नपाएकै कारण सेवाग्राही जनआक्रोशमा आउन थालेको भन्दै कसले के गर्ने भन्ने अधिकार समेत दुविधामा भएको बताए ।
सबैभन्दा बढी घुइँचो र सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुलाई व्यवस्थापन गर्न न यातायात व्यवस्था विभागसँग स्पष्ट कार्यदिशा देखिन्छ न त भौतिक पूर्वाधार मन्त्रालयसँग रणनीति नै छ । यसमा सम्बन्धित निकायको ध्यान जान नसक्दा यसका प्रत्यक्ष मारमा लाखौं सेवाग्राही पर्ने गरेका छन् ।
भिडिया हेर्नुहाेस्…
