भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चालक अनुमति पत्र वितरण सहज बनाउन लागिपरेका छाैं : शशि शंकर महर्जन

चालक अनुमति पत्र वितरण सहज बनाउन लागिपरेका छाैं : शशि शंकर महर्जन

भक्तपुर । सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण प्रक्रियालाई प्रभावकारी र सहज बनाउन लागिपरेको यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशि शंकर महर्जनले बताएका छन् ।

लकडाउन अघि सहज भएपनि अहिले अनलाइन माध्यमबाट लाईसेन्स भर्ने हुदा समस्या भएको भन्दै सहज बनाउन लागेको बताएका हुन् । पटक पटक सर्भरमा समस्या देखिनुले लाईसेन्स प्रक्रियामा समस्या हुदा सेवाग्राही झगडा गर्न आउने सम्मका घटना भएकोले चुस्त बनाउन  लागिपरेको उनको भनाई छ ।

नियमित सर्भर संचालन नआउँदा झन् समस्या भएको प्रमुख महर्जनले बताए । यता मन्त्रालयले त्यो समस्या समाधानका लागि निर्देशन दिने गरेकाे तर समस्या समाधानमा निर्देशन बाहेक अरु केही पहल नहुँदा झन् समस्या हुने गरेको जिकिर उनकाे छ ।

यातायात व्यवस्था विभाग लगायत प्रदेश यातायात कार्यालयको अपुरो र भरपर्दो सेवा नपाएकै कारण सेवाग्राही जनआक्रोशमा आउन थालेको भन्दै कसले के गर्ने भन्ने अधिकार समेत दुविधामा भएको बताए ।

सबैभन्दा बढी घुइँचो र सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुलाई व्यवस्थापन गर्न न यातायात व्यवस्था विभागसँग स्पष्ट कार्यदिशा देखिन्छ न त भौतिक पूर्वाधार मन्त्रालयसँग रणनीति नै छ । यसमा सम्बन्धित निकायको ध्यान जान नसक्दा यसका प्रत्यक्ष मारमा लाखौं सेवाग्राही पर्ने गरेका छन् ।

भिडिया हेर्नुहाेस्…

 

 


Thali Mobile Pvt.Ltd.