चिताबाट शव उठाएर आफन्तले पोष्टमार्टम गर्न लगेपछि

चिताबाट शव उठाएर आफन्तले पोष्टमार्टम गर्न लगेपछि

बिराटनगर । टाउकोको शल्यक्रिया गर्ने क्रममा एक जनाको मृत्यो भयो । केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको अस्पतालमा मृत्यु भएको हो । शव बुझेर अन्त्येष्टि गर्न घाटमा लगेर चितामा राख्दा पेटमा सेतो टेप टाँसिएको देखियो ।

टेप उप्काएर हेर्दा टाँका लगाइएको अवस्था देखेपछि जलाउन ठिक्क पारिएको शव उठाएर पोष्टमार्टम गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। अति विपन्न परिवारका उनलाई स्थानीयले चन्दा उठाएर नोबेलमा भर्ना गरेका थिए । टाउकोको शल्यक्रिया गरेका उनको शनिबार मृत्यु भयो । तर अस्पतालले पैसा सबै नतिरेसम्म शव नदिएपछि फेरी चन्दा उठाएर मृतकको शव बुझेका थिए ।

शवको नाइटो नजिकै पेटमा पाँच टाका लगाइएको देखिएपछि स्थानीयले चिताबाट उठाएर पोष्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । चिकित्सकले लापरवाही गरेको हुनसक्ने आशंकामा पोष्टमार्टमका लागि लगिएको उनले बताए । बिक्कीको टाउकोको शल्यक्रिया गर्दा १ लाख ८२ हजार २ सय रुपैयाँ लागेको थियो । नोबेल मेडिकल कलेजले टाउकोको शल्यक्रिया गर्दा पेटमा चिर्नु सामान्य रहेको बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.