भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

चितुवाको छाला र हड्डीसहित दुई पक्राउ

मार्तडी । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ पैमाको खोयालेकबाट जङ्गली जनावर चितुवाको छालासहित दुई जना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक मदनजीत महराले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार खोयालेकमा चितुवाको छाला, हड्डी र दाँत बिक्री गर्न लागेको अवस्थामा उनीहरूलाई जिल्लाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्लामा ल्याइएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी ऐनअनुसार मुद्दा चलाउने तयारी थालेको प्रहरीले जनाएको छ । सोही नगरपालिकाबाट करिब एक वर्ष पहिले पनि रामबहादुर अयडीसहितका व्यक्तिलाई चितुवाको छाला, हड्डी दाँत र मृगका हड्डीसहित मुद्दा चलाइएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.