१९ बैशाख २०७७ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हावा गफ दिएका छन् ।
अमेरिकी जासुसी एजेन्सीले कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइसकेको अवस्थामा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको हावादारी गफ दिइरहेका छन् ।
कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ रु के तपाईँसँग प्रमाण छ रु भनेर बिहीबार पत्रकारले ट्रम्पलाई प्रश्न गर्दा प्रश्नको उत्तर दिँदै ट्रम्पले चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठन प्रमाणको रुपमा रहेको बताएका छन् ।
डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको आरोप लगाउदै यो निकै कठिन प्रश्न र यसको उत्तर पाउन बाँकी रहेको ट्रम्पले बताए । यसैमा भारतीय कतिपय मिडियाले पनि काेराेना भाइरसकाे नियन्त्रण भन्दा पनि अफवाह फैलाइरहेकाे छ ।
कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३३ लाख ८ हजार भन्दा धेरै सङ्क्रमित भएका छन् भने २ लाख ३४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या धेरै छ । अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैको सङ्क्रमण र ६३ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।
कोरोना भाइरसको विषय लिएर पछिल्लो समय अमेरिकावाकयुद्धको अफवाह फैलाईरहेको छ । ट्रम्पले बारमबार चीनमाथि आरोप लगाउँदै आएको छ भने चीन विश्वभरीका मानिसलाई कोरोनाबाट कसरी बचाउन सकिन्छ रु त्यसैमा ध्यान केन्द्रीत गरिरहेको छ । एजेन्सी

