भर्खरै : Sorry, your browser does not support inline SVG.
तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै | मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? |

चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जादै

चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जादै

काठमाडौं । तीन दिने चीनको भ्रमणमा परराष्ट्रमन्त्री डा. नारायण खड्का जाँदैछन् । चिनियाँ विदेशमन्त्री वाङ यिको निम्तोमा उनी चीन जान लागेका हुन् ।

साउन २४ देखि २६ गते सम्म चीनको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साउन २५ गते दुई देशबीच विदेश मन्त्रीस्तरीय द्विपक्षीय भेटवार्ता हुने भएको छ । द्विपक्षीय हितका विषयमा छलफल हुने मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

यो नेपालको तर्फबाट चीनमा हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो । अमेरिकी परियोजना एमसीसीलगायतका योजनाहरू अगाडि बढ्दा चीनको बीआरआई परियोजना अलमलकै अवस्थामा छ ।

काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सम्भाव्यता अध्ययन भइसकेको छ । अहिले सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ ।

मन्त्री खड्काको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अगाडि बढाउने विषयमा पनि छलफल हुने प्रवक्ता लम्सालले बताइन् । नेपाल र चीनबीच बीआरआईअन्तर्गत साझेदारी अगाडि बढाउन २०१७ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.