चिनियाँ विदेशमन्त्रीले आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वलाई भेट्दै

चिनियाँ विदेशमन्त्रीले आज राष्ट्रपतिसहित शीर्ष नेतृत्वलाई भेट्दै

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीसहित दलका शीर्ष नेतासँग भेटवार्ता गर्दैछन् ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच छलफल गरेका उनले ९ वटा समझदारीमा हस्ताक्षर गरेका छन् ।

शनिबार बिहानै शिवपुरी हाइकिङ गरेका वाङ यीले प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणासँगै साँचो हस्तान्तरण गरे ।

विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति भण्डारीसँग बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्ने छन् भने ११ बजेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग होटल हायातमा भेटवार्ता गर्ने छन् ।

भेटवार्ताको लागि बिहान ११ बजे देखि १ः०० बजेसम्मको समय तोकिएको छ । भारत हुदै शुक्रबार नेपाल आएका वाङ चिनियाँ विशेष विमानबाट आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.