भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

चीनको नयाँ खोजले अमेरिका हैरान

चीनको नयाँ खोजले अमेरिका हैरान

काठमाडौं । चीनले चन्द्रमामा खनिज पत्ता लगाएको छ । भविष्यमा ऊर्जाको स्रोतको रूपमा प्रयोग गर्न सकिन्छ भनेर यसको थप अध्यन गरिरहेको छ । थप अनुसन्धानका लागि चीनले चन्द्रमामा तीनवटा मिशन पठाउने तयारी गरिरहेको छ ।

बेइजिङ नेशनल स्पेस एडमिनिस्ट्रेशनले आगामी १० वर्षमा चन्द्रमामा तीनवटा परिक्रमा गर्ने स्वीकृति पाएपछि चीनको अन्तरिक्ष दौडमा अमेरिकाले गिद्धेनजर लगाएको छ । तीव्र गतिमा अध्यन गर्न अमेरिका पनि लागिपरेको छ ।

चीनले उक्त घोषणा गरेको देखेर अमेरिकालाई दबाब परेको छ । ऊर्जाको स्रोतका रूपमा पनि प्रयोग गर्न सकिने भएकाले यो ‘खजाना’भन्दा कम नहुने चीनको अपेक्षा छ ।

सन् २०२० मा चीनको चाङ्गे–५ मिसनमार्फत चन्द्रमाबाट १ हजार ७३१ ग्राम तौल भएका नमूनाहरू पृथ्वीमा ल्याइएको थियो । सो खनिजमा हेलियम–३ पाइएको छ । पछिल्लो समय चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो ध्यान बढाएको छ ।

छुट्टै अन्तरिक्ष स्टेशन निर्माण गर्ने, चन्द्रमामा नमूना सङ्कलन गर्न विभिन्न मिसनहरू प्रक्षेपण गर्ने वा मंगल ग्रहमा झुरोङ रोभर पठाउने, चीनले अन्तरिक्षमा नासालाई प्रत्यक्ष चुनौती दिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.