१३ श्रावण २०७७ काठमाडौँ । चीनमा फेरि कोरोना संक्रमण देखिएको छ । एकै दिन ६४ जना स्थानीयसहित ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
पछिल्लो पाँच महिना यता चीनमा एकै दिन संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा देखिएको हो । ६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

