भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुनावी परिणामले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्म खेल्ने अवस्थामा पुर्यायाे

चुनावी परिणामले विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई फिल्म खेल्ने अवस्थामा पुर्यायाे

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को निराशाजनक परिणाम आएपछि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । आगामी दिनमा लेखन, साहित्य सिर्जना र अभिनयलगायत क्षेत्रमा सक्रिय हुने बताउँदै पार्टीबाट राजीनामा दिएको बताए ।

मिश्रको अबको यात्रा कस्तो रहन्छ भनेर सर्वत्र चासो बढेका बेला मिश्रले साहित्य सिर्जना र सिनेमामा अभिनय गर्ने बताएका हुन् । सामाजिक सञ्जाल फेसबुक स्टाटस समेत लेखेका मिश्रले भने, ‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ, साथमा कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला र मन लाग्यो भने सिनेमामा अभिनय गरूँला ।’

बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा उदायका मिश्रले ‘भू–मध्य रेखा’ पुस्तक पनि प्रकाशित गरेका छन् ।राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म पिछडिएका वर्गको हित गर्नु रहेको भन्ने मिश्रले यो उद्देश्य पूर्तिका लागि “विचारभन्दा माथि देश” हुनुपर्ने मान्यता राखेको र त्यसलाई शिरोधार्य गर्दै अगाडि बढ्ने उल्लेख गरेका थिए ।

मिश्रले पार्टीबाट राजीनामा नदिन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि विवेकशील साझा पार्टीका विभिन्न नेता तथा सदस्यले पनि राजीनामा दिइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.