भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन

चौधरी प्रारम्भिक चरणबाटै बाहिरिन

काठमाडौँ । जापानको टोकियोमा आयोजना भइरहेको ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत एथ्लेटिक्स खेलमा नेपाली खेलाडी सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बहिरिएकी छिन् । महिलाको १०० मिटर दौडमा प्रतिस्पर्धामा प्रारम्भिक चरणबाटै बाहिरिएकी उनले निर्धारित दूरी १२ः९१ सेकेण्डमा पूरा गरिन् । दोस्रो हिटमा रहेकी सरस्वती आफ्नो हिटमा आठौँ स्थानमा रहिन् ।

यस हिटमा नौ खेलाडीले सहभागिता जनाएका थिए । सरस्वतीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्न सकिनन् । यस प्रतिस्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२।५५ सकेन्ड रहेको छ । यस्तै यस प्रतिस्पर्धामा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान कायम भएकोे छ । सन् १९९९ को साग गेम्समा पनेरुले १२।२० सकेण्डको कीर्तिमान बनाएकी थिइन् । सरस्वतीको प्रतिस्पर्धासँगै टोकियो ओलम्पिकमा नेपालको चुनौती समाप्त भएको छ ।

टोकियोमा नेपालबाट पाँच खेलाडी सहभागी भएकामा कसैले पनि दोस्रो चरण पार गर्न नसके पनि सहभागीमध्ये तीन खेलाडीले भने राष्ट्रिय कीर्तिमान कायम गरे । पौडीवाच गौरिका सिंह, एलेक्जेन्डर शाह एलेक्स र सुटिङकी कल्पना परियार राष्ट्रिय कीर्तिमान बनाउन सफल भएका हुन् । जुडोकी सोनिया भट्ट भने पहिलो चरणबाट बाहिरिन ।

 


Thali Mobile Pvt.Ltd.