जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरिएको परियोजना संयोजक हेमराज भट्टाले बताए ।
विद्यालयमा छात्रा महिनावारी हुँदा पेट दुखेमा वा असजिलो भएमा सो कक्षमा आराम गर्न सजिलो होस भनेर निर्माण गरिएको उनको भनाइ छ । बालिकालाई महिनावारी भएको समयमा सजिलो होस् भन्ने उद्देश्यले उक्त कक्ष निर्माण गरिएको हो ।
लुड्कुस्थित कनकासुन्दरी माध्यामिक विद्यालय, सिंजा गाउँपालिकाको मावि चुलेल गाउँस्थित महादेव मावि गुठी, हिमा गाउँपालिकाको मष्ठामाडूस्थित अन्नपूर्ण माध्यामिक विद्यालय, महावैपाथलखोलास्थित भानु माध्यामिक विद्यालयमा आराम कक्ष निर्माण गरिएको छ ।
यसैगरी कालिकोट जिल्लाको नरहरी नाथ गाउँपालिका–३ स्थित नन्दादेवी माध्यामिक विद्यालय र रुपादेवी आधारभुत विद्यालयसमेतमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ ।
आराम कक्ष निमार्ण भएपछि छात्राहरूलाई महिनावारी कक्षमा सेनीटरप्याड बदल्नेदेखि आराम गर्न सहज भएको छात्राहरूले बताएकी छन् । स्थानीय सरकारसँगको समन्वयमा पेस नेपालले यो कार्यक्रम प्रभावकारी भएपछि ती विद्यालयको आराम कक्षका लागि आवश्यक सामग्री खरिद रकम उपलब्ध गराएको जनाएको छ ।
