भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

छापावाला सुन १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार, सुनको मूल्यमा नयाँ रेकर्ड

छापावाला सुन १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार, सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । तोलाको १ लाख ७ हजार ५ सय पुगेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बिहीबार तोलामा १२ सय रुपैयाँ बढ्दै छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो ।

साताको पाँचौं दिन बिहीबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला एक लाख ६ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेको जनाइएको छ ।

सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको मूल्य बिहीबार २५ रूपैयाँले बढेर १ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको मूल्यमा २५ रुपैयाँले बढेको हो ।

 


Thali Mobile Pvt.Ltd.