भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

राजविराज, । सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्र्याक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो । सोही ट्र्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना घाइते उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा ट्र्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् । यस्तै वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोक्कीदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५ख ८०१० नंको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१प२९७१ नंको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.