भर्खरै : Sorry, your browser does not support inline SVG.
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती | लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहर जारी, पहाडी क्षेत्रमा वर्षाको सम्भावना | काठमाडौँसहित ११ जिल्लाका ८२ स्थानमा बर्डफ्लु पुष्टि, साढे पाँच लाखभन्दा बढी पन्छी नष्ट | रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ |

छुरा प्रहारबाट १४ जना घाइते

छुरा प्रहारबाट १४ जना घाइते

दक्षिण कोरिया । राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा पर्ने सियोङनाम सहरमा भएको छुरा प्रहारमा परी १४ जना घाइते भएका छन् ।

सियोङनामको एक डिपार्टमेन्ट स्टोरको पहिलो र दोस्रो तल्लामा २३ वर्षीय एक व्यक्तिले ५० सेन्टिमिटरभन्दा लामो घातक हतियारले आक्रमण गर्दा ती व्यक्ति घाइते भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ ।

डिपार्टमेन्ट स्टोरभित्र कालो हुडी, टोपी र चश्मा लगाएका शङ्कास्पद व्यक्तिले आक्रमण गर्दा नौ जना घाइते भएका थिए । छुरा प्रहार गर्नुअघि ती व्यक्तिले डिपार्टमेन्ट स्टोर अगाडिको फुटपाथमा एउटा हलुका कार चलाएर फुटपाथमा रहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएका थिए ।

योन्हापले स्थानीय अधिकारीलाई उद्धृत गरी भनेको छ, ‘घाइतेमध्ये १२ जना गम्भीर घाइते भएका छन् । ६० वर्षीया एक महिलाको अवस्था गम्भीर छ ।’ प्रहरीले स्थानीय समयअनुसार साँझ ६ः०५ बजे घटनास्थल नजिकैबाट संदिग्ध व्यक्तिलाई पक्राउ गरेको थियो र घटनाको सही उद्देश्य र परिस्थितिको अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.