भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ | सिराहामा १९ लाखभन्दा बढी मूल्यका अवैध सामानसहित दुई जना पक्राउ | आजदेखि गंगा दशहरा शुरु, अधिकमासमै किन मनाइँदैछ पर्व ? |

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

कञ्चनपुर, । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ । “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भन्नुभयो, “पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ ।”

कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उमले बताए। केही दिनअघि देखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उनले जानकारी दिए । सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए।

केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो । झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा– १२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्षसमेत शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.