भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव

जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव

काठमाण्डौ । जनघनत्व र अस्पताल धेरै भएका क्षेत्रमा रगत अभाव हुन थालेको छ । रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको काठमाण्डौ, चितवन, नेपालगञ्ज लगायत क्षेत्रमा रगत अभाव हुन थालेको हो । केन्द्रले साढे दुई सयदेखि तीन सय पिन्ट रगत वितरण गर्दै आएपनि अन्य रगत भने विभिन्न अस्पतालमा खोलिएका ब्लड बैंक तथा सङ्घसंस्थाहरुले वितरण गर्ने गरेका छन् ।

दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेका कारण रगतको अभाव देखिएको नेपाल रेडक्रस, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले जनाएको छ । काठमाण्डौ उपत्यकामा दैनिक ६ सयदेखि ८ सय पिन्ट रगतको माग रहेको जनाएको छ । रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र यसका शाखाहरुले आग्रह गरेका छन् ।

रक्तदाताको अभावमा सङ्घ संस्था तथा क्लबहरुले पनि कार्यक्रम गर्ने क्रम घटेको छ । रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष रगतको अभाव हुने गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.