भर्खरै : Sorry, your browser does not support inline SVG.
मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर र सरुवा | एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु | बाढी-पहिरोले देशभरका प्रमुख राजमार्ग अवरुद्ध, काठमाडौँ-कोशी-बागमतीका सडक ठप्प | ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन | बागमती प्रदेशमा ७०१ दरबन्दी कटौतीको तयारी, प्रशासनिक पुनर्संरचना अन्तिम चरणमा | औद्योगिक क्षेत्रका उद्योगलाई ७ दिनभित्र बक्यौता तिर्न निर्देशन, नतिरे कारबाहीको चेतावनी | प्रदेश र पालिकामा ४ खर्ब २४ अर्ब बजेट, मधेश र कर्णालीलाई सबैभन्दा बढी अनुदान | डिजिटल माध्यमबाट साना तथा मझौला व्यवसायीले १० लाख रुपैयाँसम्म कर्जा पाउने |

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

रोल्ला । जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौँ”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बुँदे मागमा स्थानीय आठबुँदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हौँ ।”

“विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठबुँदे स्थानीय माग पेस गरिएको बताए । केन्द्र र स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ । मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरुले सुर्खेतमा गरेको आन्दोलन रोल्पालगायत अन्य आङ्गिक क्याम्पसहरुमा सरेको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्का बताए ।

जलजला बहुमुखी क्याम्पससँग जोडिएका माग भए त्यसबारे छलफल गरिने तर स्थानीय मागबारे आफूसँग परामर्श नभएको उहाँको भनाइ थियो । लामो समय थला परेको शैक्षिक क्षेत्रमा बन्द हडतालभन्दा अन्य विकल्प खोजेर आन्दोलन गर्नुपर्ने अभिभावकहरुको भनाइ छ । कोरोनाले लथालिङ्ग शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिनु राम्रो नभएको उहाँहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.