जाजरकोट । मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न छाडेर चालकको घर र पसल जलाईदिएका छन् । उनीहरूले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ।
छलफलका लागि उनीहरू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए। फरार भनिएका चालकको मोबाइल गाडीमै छुटेकोले आशंका गरिएको छ । शव नभेटिएकाले मृत भएको भन्न पनि नमिल्ने प्रहरीको भनाई छ । तर स्थानीयले चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइ नष्ट गरीदिएका छन्।
मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको भन्ने खबर प्राप्त भएको डिएसपी श्रेष्ठले बताए । बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका १ को औलखोलामा जीप दुर्घटना हुँदाम वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको थियो । भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

