भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

जापानको प्रधानमन्त्रीमा किशिदा फेरि निर्वाचित

टोकियो, । जापानको प्रधानमन्त्रीमा लिवरल डेमोक्रेटिक पार्टी एलडीपी का. अध्यक्ष फुमिओ किशिदा फेरि निर्वाचित हुनुभएको छ । संसदको विषेश अधिवेशनले उहाँलाई बहुमतका साथ निर्वाचित गरेको समाचारमा जनाइएको छ । गत अक्टोबर ३१ मा भएको पार्टीको अधिवेशनबाट उहाँ फेरि अध्यक्षमा निर्वाचित भएपछि अहिले प्रधानमन्त्रीमा पनि निर्वाचित हुनुभएको हो । गत अक्टोबर ४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका किशिदाले अहिले दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी पाउनु भएको हो ।

उहाँले मन्त्रीपरिषद्को सदस्यमा पनि आफ्नो पहिलो कार्यकालका सहयात्रीहरुलाई नै निरन्तरता दिने अपेक्षा गरिएको छ । छोटो समयका लागि सञ्चालन गरिएको संसदको विषेश अधिवेशनको अरु पनि केही महत्वपूर्ण कामहरु गरेको संसद सचिवालयले जनाएको छ । नयाँ सरकारले कोरोनाभाइरसको महामारीबाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

अर्थतन्त्रलाई चलायमान गराउन सरकारले ‘गो टु ट्राभल’ अभियान समेत चलाउने तयारी गरेको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आमनिर्वाचनमा आमनागरिकको सहयोगको अपेक्षा गर्नु भएको थियो । प्रधानमन्त्री किशिदाले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरूसँग आग्रह गर्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.