काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड माधवले जालझेल मात्र गरेर पार्टीलाई फुटाएको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्तालाई कार्की वेन्केटमा बोलाएर सम्बोधन गर्दै ओलीले शान्ति, स्थायित्व, संविधान र स्थिरताका लागि एकता गरेको तर प्रचण्डले नै सहमति कार्यान्वयन नगर्दा पार्टी फुटेको दावी गरे ।
आफुले मित्रताले अँगालो हालेको तर प्रचण्ड माधवले पार्टी नै हत्याउने दाउमा लागेको बताए । पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको आरोप ओलीले लगाए । आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन कुनै हालतमा नदिने घोषणा गरे ।
संसद पुनर्स्थापनाको सम्भावना नरहेको जिकिर गर्दै ओलीले आफु मर्न तरार रहेको तर उनीहरुको आकांक्षा पुरा हुन नदिने बताए । चुनाबले प्रचण्ड माधवलाई पत्तासाफ गर्ने चेतावनी दिए । माइतीघरको चिसो भुइँमा बसेर रमिता देखाउनु भन्दा बरु चुनावको तयारीमा लाग्न फाइदा हुने सुझाव ओलीको थियो । माधब नेपाल प्रचण्डको कार्यकर्ता भएको जिकिर गर्दै ओलीले ताजा जनादेश लिन जनता कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रति प्रश्न गरे ।
हेर्नुहाेस् भिडियाे…
कार्यक्रममा ओली पक्षका नेता लेखराज भट्टले ओलीले नेतृत्व पार्टी नै वैद्यानिक भएको दाबी गरे । पार्टी प्यालेसमा आयोजित आफू निकटको भेलालाई सम्बोधन गर्दै भट्टले अहिलेको लिगेसी ओली नेकपाको नै भएको दाबी गरेका हुन् । प्रचण्डको साथ छाड्दै ओली खेमामा गएका उनले अध्यक्ष प्रचण्डको आलोचनामा नै समय व्यतित गरे । प्रचण्डले सधैँ क्रमभङ्ग, धक्का अनि महाविपत्तिको सिद्धान्तको चर्चा गर्दा आज आफै महाविपत्ति भेलमा परेको चर्चा गरे ।
अविश्वासको प्रस्ताव दर्ता गरेर अस्थिरता ल्याउन खोजेको आरोप लगाउदै भट्टले सडकमा गएर फेरि आफै गणतन्त्र र संघीयता खतरामा परेरको भनेर कराउन थाल्नु दुखद भएको बताए । प्रचण्ड र माधव नेपाल समुहले केवल पदका लागि पार्टी फुटाएको भट्टले आरोप लगाए । विचार र दृष्टिविहीन भएको आरोप लगाउँदै प्रचण्डलाई घाइते, बेपत्ता र सहिद परिवारको पक्षमा लागेको भए अहिले यो अवस्था आउन नसक्ने बताए ।
