भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

जिप दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

बैतडी । जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको प्रहरीले बताएको छ ।

बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटना दुर्घटना भएको हो । नवविवाहित जोडीसहित चार जनाको घटनास्थलमै मृत्यु भएको पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

मृत्यु हुनेहरुमा सुर्नया गाउँपालिका–१ का २४ वर्षीय प्रेम चुनारा, उनकी श्रीमती २० वर्षीया मनिषा विक, सकारका १३ वर्षीय विनोद भट्टराई र ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।

प्रेम र मनिषा बीच १० दिन अघिमात्रै बिहे भएको बताइएको छ । उनीहरु दुबैजना माइतीघर कैलपाल फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।दुर्घटनामा परि पाँच जना घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.