भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

जीर्ण भवन भत्किंदा ब्राजिलमा १४ को मृत्यु

जीर्ण भवन भत्किंदा ब्राजिलमा १४ को मृत्यु

एजेन्सी । जीर्ण भवन भत्किंदा ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको सरकारी भवनमा बस्न प्रतिबन्ध लगाइए पनि अटेर गरी मानिसहरु बस्दै आएपछि उक्त भवन भत्किदा १४ जनाको मृत्यु भएको हो ।

ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको उक्त घटनामा दर्जनौ घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् । ब्राजीलमा हरेक वर्ष जीर्ण भवन भत्किंदा थुप्रैको मृत्यु हुने गरेको छ ।

जीर्ण अवस्थामा रेहको उक्त भवन भारी वर्षाका कारण ढलेको हो । रातको समयमा भवन ढल्दा अधिकांश मानिस मस्त निद्रामा थिए । भवनको भग्नावशेषबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ भने केही भग्नावेशषमा च्यापिएको अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.