भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे

काठमाण्डौ । जुम्लाका आठवटै पालिकामा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढ्थापाले जानकारी दिनुभयो ।

जिल्लाकापालिकामा करिब पाँच सय गाईभैँसीलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । एक हजार सात सय पशुलाई उपचार गरिएको पशु सेवा कार्यालय जुम्लाका प्रमुख बुढ्थापाको भनाइ छ । अहिले कार्यालयमा प्रदेशबाट थप औषधि आएकाले पालिकालाई लिन परिपत्र गरिएको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ । सङ्क्रमणबाट पशुहरु धमाधम बिरामी हुन थालेको तिला गाउँपालिका–१ स्थानीयवासी नौसेर रावतले जानकारी दिनुभयो । जुम्लालगायत कर्णालीमा लम्पी स्किनबाट आठ हजार सात सय ९३ पशुचौपायाको मृत्यु भएको छ । दुई लाख १७ हजार एक सय ३४ पशुचौपाया रोगबाट सङ्क्रमित भएको कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्लालगायत जिल्ला बढी प्रभावित छन् । पशुचौपायाको सङ्क्रमण र मृत्युबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रदेशको पशुपक्षी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.