भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित

झापा । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो ।उहाँले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हँुदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ ।

उहाँले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गर्नुभएको छ ।वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताउनुभयो ।स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गर्नुभएको छ ।

पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिनुभयो ।पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उहाँले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.