झापा । क्षेत्र नं ५ को निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका खगेन्द्र अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि ओली र अधिकारीसहित २५ जना चुनावी मैदानमा होमिएका छन् । २०७४ सालमा सम्पन्न निर्वाचनमा ओली र अधिकारीबीच नै प्रतिस्पर्धा भएको थियो ।
उ बेला अध्यक्ष ओलीलाई माओवादी केन्द्रको साथ थियो । अधिकारीलाई २८ हजार ८ सय ४२ मतान्तरले पराजित गरेका थिए ।
गत निर्वाचनमा कांग्रेस एक्लै थियो भने यो पटक उसलाई माओवादीलगायत अन्य दलको साथ छ । ओलीले २०७४ सालमा ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गरेका थिए ।

