आज मनिषा कोइरालाले वसन्तपुर डबली तताउने

आज मनिषा कोइरालाले वसन्तपुर डबली तताउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा गर्दैछ ।

दिउँसो १ बजे हुने सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

उक्त सभामा अभिनेतृ मनिषा कोइरालाले सम्बोधन गर्ने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

कोइरालाले आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको चुनावी अभियानमा सक्रिय हुन सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी थिइन् ।

मंसिर ४ हुन लागेको निर्वाचनमा राप्रपाले प्रतिनिधिसभातर्फ १३ र प्रदेश सभाका लागि ३० उम्मेदवार उठाएको छ । आज कोइरालाले डबली तताउने श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.