जाजरकाेट । बसकाे टिकट जाँच गर्छन् सीडीयाे भन्दा अच्चमा लाग्याे हाेला याे यथार्थ जाजरकाेटकाे हाे । तोकिएको भाडा दरभन्दा बढी भाडा यात्रुबाट असुले पछि जाजरकाेटका सीडियाेले आफै टिकट जाँच गर्न हिडेका छन् । यातायात व्यवसायीले बढी भाडा असुलेको गुनासो आएपछि सीडियोले यस्ताे गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायतको टिमले अनुगमनका क्रममा यात्रुहरुको टिकट जाँच गर्दा सुनेकाे जस्तै भाडा असुलेकाे पत्ता लगाएका हुन । प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम गाडीभित्रै फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
सदरमुकामबाट पैदल तीन घण्टा टाढाको दूरीमा रहेको भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा यस्ताे पाइएकाे हाे । कुदुमा पहिलोपटक प्रमुख जिल्ला अधिकारीलगायतको टोली गएर अनुगमन गरेकोमा स्थानीयवासी समेत खुसी भएका छन् ।
जनताबाट व्यापक गुनासाे सुनेपछि अनुगमनमा निस्किएकाे भन्दै पन्तले गाडी चलाउने इन्धनमा समेत बढी शुल्क लिएको, पसलहरूमा म्याद गुर्जेको सामग्री बिक्री वितरण भैरहेको र उक्त सामग्री नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया समेत अगाडी बढाएकाे बताए ।