ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु, १९ घाइते, ४ जनाको अवस्था गम्भीर

ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु, १९ घाइते, ४ जनाको अवस्था गम्भीर

डोटी । ट्याक्टर दुर्घटना हुँदा डोटीमा एक जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडीस्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनुका साथै दुर्घटनामा १९ जना घाइते भएका हुन ।

दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र घाइतेको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

२४–२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.