एजेन्सी । एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको अनुसन्धानमा आरोप पुष्टि भएपछि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो ।
ट्रम्पविरुद्ध अन्य मुद्दामा अनुसन्धान भइरहेको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पले पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको पुष्टि भएको हो । तर ७६ वर्षीय ट्रम्पले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएको बताइएको छ ।
यो मुद्दा चलेसंगै अमेरिकी राष्ट्रपति पदमा पुनः उम्मेदवार बन्न लागेका ट्रम्पको योजनामा धक्का लाग्न सक्ने बताइएको छ ।
