काठमाण्डौ । अमेरिकी डलरको भाउ फेरि बढेको जनाइएको छ । नेपाल राष्ट्र बैंकले शिनिबार एक अमेरिकी डलरको बिक्रीदर एक सय २० रुपैयाँ १३ पैसा तोकेको छ । शुक्रबार बिक्रीदर एक सय २० रुपैयाँ ०८ पैसा कायम भएको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ६९ पैसा थियो ।
त्यसअघि २०७५ असोजमा एक अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा थियो । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ । कोभिड(१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रुपमा सुधार हुन सकेको छैन । यसको प्रत्यक्ष असर नेपाली मुद्रामा समेत परेको छ।
पछिल्ला महिनामा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएपछि यसको असर नेपाली रुपैयाँमा पनि परेको हो । नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ ।
