भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

डाक्टर कुट्ने विरुद्ध मुद्दा चलाउन निर्देशन

डाक्टर कुट्ने विरुद्ध मुद्दा चलाउन निर्देशन

काठमाण्डौ । प्रहरीलाई डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । डाक्टरमाथि सोमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले मद्दा चलाउँन निर्देशन दिएको हो ।

कुटपिटको आरोपमा बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मङ्गलवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरूको बैठक बोलाएर उक्त निर्देशन दिएका हुन ।

बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मणिपाल, त्रिवि शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सेवा रोकेर प्रदर्शन समेत गरेका थिए । बैठकमा मेडिकल काउन्सिल एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक सङ्घ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरू उपस्थित थिए ।

 


Thali Mobile Pvt.Ltd.