भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

तामझामकासाथ राप्रपाको उम्मेदवारी दर्ता

तामझामकासाथ राप्रपाको उम्मेदवारी दर्ता

काठमाडौ‌ं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताप्रक्रिया सकिएको छ । विहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

तामझामकासाथ उम्मेदवारी दर्ताका लागि नेताहरु लामवद्ध भएका थिए । अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थालाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराउन एक लाख रुपैयाँ दस्तुर तोकिएको छ ।

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको राप्रपाले जनाएको छ। नयाँ नेतृत्वका लागि मतदान भने भोली शनिबार बिहानदेखि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.