तामझामकासाथ राप्रपाको उम्मेदवारी दर्ता

तामझामकासाथ राप्रपाको उम्मेदवारी दर्ता

काठमाडौ‌ं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताप्रक्रिया सकिएको छ । विहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

तामझामकासाथ उम्मेदवारी दर्ताका लागि नेताहरु लामवद्ध भएका थिए । अध्यक्षमा राजेन्द्र लिङ्देन र कमल थालाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दर्ता गराउन एक लाख रुपैयाँ दस्तुर तोकिएको छ ।

उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको राप्रपाले जनाएको छ। नयाँ नेतृत्वका लागि मतदान भने भोली शनिबार बिहानदेखि सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.