भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान

तिलोत्तमामा रेविजविरुद्धको निःशुल्क खोप अभियान

रुपन्देही । तिलोत्तमा नगरपालिकाले रेविजविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन गरेको छ । विश्व रेविज दिवस २०७८ को अवसरमा पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशको सहकार्यमा नगरपालिकाले १७ वटै वडामा सो अभियान सञ्चालन गरेको हो । यही असोज १२ गतेदेखि सुरु भएको रेविजविरुद्धको निःशुल्क खोप अभियान असोज १८ गतेसम्म चल्ने छ । असोज १२ गते वडा नं १, २ र ५ तथा १३ गते वडा नं ३, ४ र ६ मा खोप अभियान सम्पन्न भइसकेकोे छ भने असोज १४ गते वडा नं ८, ११ र १२, १५ गते वडा नं ९ र ७, १६ गते वडा नं १३ र १४, १७ गते वडा नं १० र १७ तथा १८ गते वडा नं १५ र १६ मा यो अभियान सञ्चालन हुने नगरपालिका पशु शाखाका प्रमुख राजु कुँवरले जानकारी दिए ।

समुदायमा छाडा छोडिएका कुकुरलाई मुख्य प्राथमिकतामा राखेर रेविज विरुद्धको खोप अभियान चलाइएको र दोस्रो प्राथमिकतामा घरपालुवा कुकुरलाई खोप लगाइने बताए। रेविज विरुद्धको खोप अभियानमा नगरपालिकाअन्तर्गत पशु शाखाका प्राविधिक खटिएका छन् । रेविजरोग कुकुर तथा अन्य जङ्गली जनावरको टोकाइबाट मानिसमा सर्ने प्राणघातक रोग हो । रेबिज सङ्क्रमित जनावरले टोक्दा ¥यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । यो रोग लागेको व्यक्तिमा ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायु सुनिने, पानीदेखि डराउनेलगायत लक्षण देखिन्छ ।

 


Thali Mobile Pvt.Ltd.