भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘तीजको बेलामा’ सार्वजनिक

‘तीजको बेलामा’ सार्वजनिक

काठमाडौं । महिलाहरुको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गायक एवं सर्जक सुजन बराइलीको तीजको गीत ‘तीजको बेलामा’ सार्वजनिक भएको छ । उक्त तीज गीत बजारमा आएको हो ।

गीतमा सुजन बराइली र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । शब्द र सङ्गीत गायक बराइलीकै रहेको छ । कुमार केसीको निर्देशन रहेको उक्त गीतमा प्रशान्त मगरको कोरियोग्राफी, दीपक गिरीको छायाँङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ ।

गीतमा निक्स शर्मा र रुविना अधिकारीले अभिनय गरेका छन् । गायक बराइलीले यसअघि ‘मल्लाज दरबार’, ‘जिउन सिकायो’, ‘मेरो प्यारो मल्लाज गाउँ’, ‘तीजको बो नाच बरिलै’, ‘विश्कर्मा बाबा’,

‘पर्वते ठिटो’, ‘मायामा भुलियो’, ‘बोलाइ पासो भो’, ‘सालैजो’, ‘अन्त नजर लाउन छोड्ने छु’ र ‘शोकले मरिन्छ कि भोकले’लगायत लोकदोहोरी र भजन गीत सार्वजनिक गरिसकेका छन् ।

 


Thali Mobile Pvt.Ltd.