भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

तीन जना पुर्पक्षका लागि जेल चलान

तीन जना पुर्पक्षका लागि जेल चलान

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको आदेशानुसार उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको जिल्ला प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

तिलोत्तमा–५ की भण्डारी गत भदौ २० मा आफ्नै घरमा मृतावस्थामा भेटिएकी थिइन् । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय बुटवलले घटना अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले मृतकको मोबाइलमा सुसाइड नोट भेटिएकाले मृतकले आत्महत्या गर्को प्रारम्भिक निष्कर्ष निकालेको थियो । प्रहरीको निष्कर्ष मान्य नभएको जनाउँदै मृतकका माइतीपक्ष तथा स्थानीयवासीले सत्य, तथ्य पत्ता लगाउन माग राखेका छन् । भण्डारीको मृत्यु भएको एक महिना बित्न लाग्दासमेत दाहसस्कार गरिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.