भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

तीन दिन लगातार वर्षा हुने भएकाले सचेत रहन विभागको आग्रह

तीन दिन लगातार वर्षा हुने भएकाले सचेत रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि मनसुन थप सक्रिय भएर देशभर तीन दिनसम्म वर्षा हुने जनाएको छ । पूर्वी नेपालमा सोमबार रातिदेखि नै वर्षा हुने क्रम सुरु भएसंगै उपत्यकामा पनि मंगलबार बिहानैदेखि वर्षा भईरहेको विभागले जनाएको छ । मंगलबारदेखि विहिबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै हुने हुँदा सचेत रहन विभागले आग्रह गरेको छ ।

देशैभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । मंगलबार राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले जोखिम अझै बढेको हुँदा भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।

यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै हुनु प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको उल्लेख गरिएको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुनसक्ने विभागले जनाएको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.