भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तीन दिन लगातार वर्षा हुने भएकाले सचेत रहन विभागको आग्रह

तीन दिन लगातार वर्षा हुने भएकाले सचेत रहन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि मनसुन थप सक्रिय भएर देशभर तीन दिनसम्म वर्षा हुने जनाएको छ । पूर्वी नेपालमा सोमबार रातिदेखि नै वर्षा हुने क्रम सुरु भएसंगै उपत्यकामा पनि मंगलबार बिहानैदेखि वर्षा भईरहेको विभागले जनाएको छ । मंगलबारदेखि विहिबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो वर्षासमेत हुने भएकाले बाढी पहिरोको जोखिम धेरै हुने हुँदा सचेत रहन विभागले आग्रह गरेको छ ।

देशैभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । मंगलबार राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले जोखिम अझै बढेको हुँदा भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई सावधानी अपनाउन निर्देशन दिएको विभागले उल्लेख गरेको छ ।

यसपालिको वर्खामा औसत भन्दा बढी पानी पर्ने भएकाले पनि बाढी पहिरोको जोखिम धेरै हुनु प्रि मनसुनमा नै औसत भन्दा धेरै वर्षा हुँदा धेरै ठाउँमा पहिरो गएको उल्लेख गरिएको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुनसक्ने विभागले जनाएको छ ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.