भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री वितरण

तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री वितरण

ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका–२ घर भई हाल राजधानी काठमाडौँ बसोबास गर्दै आएका युवाहरुले सहयोग सङ्कलन गरी गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् । सामाजिक कार्यमा संलग्न युवाहरुले सामाजिक सञ्जालमार्फत सहयोग रकम सङ्कलन गरी रु तीन लाख बराबरको स्वास्थ्य तथा राहत सामग्री गाउँमा ल्याई हिजो र आज वितरण गरेका हुन् । उनीहरुले १०० बोरा चामल, १०३ प्याकेट नुन, १०० प्याकेट खाने तेल, तीन सेट अक्सिजनसहित सिलिण्डर, सात हजार प्रतिमास्क, स्यानिटाइजर, डिजिटल थर्मोमिटर, अक्सिमिटरलगायत सामग्री गाउँको स्वास्थ्य चौकी, इलाका प्रहरी कार्यालय र स्थानीय घरघरमा वितरण गरेको रामपुर युवा सञ्जालका अर्जुन दाहालले बताए।

अक्सिजनसहितको सिलिण्डर सेट रामपुरको स्वास्थ्य चौकीलाई प्रदान गरिने भन्दै अर्का युवा विक्रम दाहालले कोरोना महामारीको समयमा गाउँमा राहत तथा स्वास्थ्य सामग्री वितरण गर्नका लागि राजनीतिक नेता, कार्यकर्ता, समाजसेवी, शिक्षक र युवाहरुले सहयोग गरेको बताउनुभयो । चामल, नुन, तेल भने विपन्न परिवारलाई प्रदान गरिएको छ । स्थानीयवासी इन्द्र कार्कीले कोरोना महामारीले सबै काम ठप्प भएका बेला युवाहरुको सक्रियतामा सहयोग सङ्कलन गरी गाउँमा वितरण गरेकामा उनीहरुलाई धन्यवाद दिनुभयो । ओखलढुङ्गा जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ८७ र मृतकको सङ्ख्या आठ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.