भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

थप उपचारका लागि मैनालीलाई ग्राण्डी लगियो

थप उपचारका लागि मैनालीलाई ग्राण्डी लगियो

काठमाडौं । सवारी दुर्घटनामा घाइते भएका माले महासचिव सीपी मैनालीसहित सबै घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरुलाई आज अपरान्ह काठमाडौँ ल्याईएको हो ।

दुर्घटनामा घाइते भएका उनीहरुको महोत्तरीस्थित जनसेवा अस्पतालमा उपचार भएको र थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीले बताए ।

बिहीबार बर्दिबासस्थित रातुको पुलमा दुर्घटना भएको हो । मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । अहिले उनीहरुको काठमाडौं धापासीस्थित ग्राण्डी अस्पतालमा थप उपचार भइरहेको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.