भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप पाँच संक्रमितको मृत्यु

थप पाँच संक्रमितको मृत्यु

काठमाडौँ । सुनसरी, चितवन, बुटवल र काठमाडौँमा गरी थप पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया बालिका र ६१ वर्षीया वृद्धा छन् ।

बालिकालाई गत सोमबार कोरोना पुष्टि भएको थियो । मंगलबार उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएकी उनको २४ घण्टा बित्न नपाउँदै मृत्यु भएको हो । धरान उपमहानगरपालिका –१ की ६१ वर्षीया वृद्धा महिलाको पनि प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

चितवनमा पनि कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित ती महिलाको आज मृत्यु भएको हो ।

वुटवलमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको पनि कोरोना संक्रमणले निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.