काठमाडौं । थप १ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ । उपत्यकामा थप ५ सय ६१ जनामा कोरोना संक्रमण देखिएको छ।
परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोना मात्रै कोरोना संक्रमितको संख्या १ लाख १० हजार ९४० पुगेको छ ।काठमाडौंमा ४५५ , ललितपुरमा २६ र भक्तपुरमा ८० जनामा संक्रमण पुष्टि भएको हो ।
थप १३ संक्रमितको मृत्यु
थप १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।
प्रदेश १ इलाममा ५, उदयपुरमा ४, खोटाङमा १, झापामा ६७, ताप्लेजुङमा १, धनकुटामा २, पाँचथरमा १, भोजपुरमा २, मोरङमा १ सय २८, संखुवासभामा १५ र सुनसरीमा ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश २ धुनषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा १, सप्तरीमा १५, सर्लाहीमा ५ र सिरहामा ८ जना कोरोना सक्रमित थपिएका छन् ।
बागमती प्रदेश काठमाडौंमा मात्र ४ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा ३२, दोलखामा ४, धादिङमा ८, नुवाकोटमा १२, भक्तपुरमा २६, मकवानपुरमा १४, रसुवामा १२, ललितपुरमा ८० र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश कास्कीमा ६९, गोरखामा ९, तनहुँमा १९, नवलपरासी पूर्वमा ५, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा १७, बागलुङमा १२ र स्याङजामा ११ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
लुम्बिनी प्रदेश अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा २, दाङमा ४०, नलवपरासीमा ७, पाल्पामा १३, प्यूठानमा १, बर्दियामा १४, बाँकेमा २७, रुकुम पूर्वमा १, रोल्पामा १ र रुपन्देहीमा ४१ जनामा कोरोना भाइरसको सक्रण पुष्टि भएको छ ।
कर्णाली प्रदेश कालिकोटमा १, जुम्लामा ७, दैलेखमा १, रुकुम पश्चिममा ४ र सुर्खेतमा १ जना कोरोना सक्रमित थपिएका छन् ।
सुदूरपश्चिम प्रदेश अछाममा ११, कञ्चनपुरमा २, कैलालीमा ८, डडेल्धुरामा १२, डोटीमा ५, बझाङमा ४ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

