भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै

रोहिंग्या शरणार्थीलाई स्थानान्तरण गरिँदै

बंगलादेश । बिहीबारदेखि सयौं रोहिंग्या शरणार्थीहरूलाई चक्रवात र बाढीको खतरा भएको इलाकाको तल्लो टापुमा सार्न शुरू गरेको छ । आँफूहरूलाई असुरक्षित स्थलतर्फ सार्न लागेको भन्दै मानिसहरूलाई त्यहाँबाट भाग्न बाध्य भएको अधिकारवादी समूहहरूले बताएका छन् ।

करीव १० लाख रोहिंग्यामध्ये अधिकांश २०१७ मा छिमेकी म्यानमारमा सैन्य आक्रमण भएपछि विस्थापित भई बङ्गलादेशको दक्षिणी क्षेत्रमा रहेका अव्यवस्थित शिविरहरूको विशाल नेटवर्कमा बस्दै आएका छन् ।शरणार्थीमध्ये धेरैले म्यानमारमा आफूहरूको असुरक्षा भएको भन्दै फिर्ता हुन अस्वीकार गरेका थिए ।

तर बङ्गलादेशले उनीहरूमध्ये धेरै हिंसात्मक लागु औषध कारोबारको गिरोह रसक्रिय चरमपन्थीको साथमा सम्लग्न रहेको हुनसक्ने भन्दै उनीहरूलाई फिर्ता गर्न वा आफ्नो वस्तीहरूबाट टाढा पठाउन खोज्दै आएको छ । यसैकारण सरकारले शिविरहरू हटाउन हतार गरेको देखिन्छ ।

चटगाउँबाट शरणार्थीहरूलाई बङ्गलादेशको नौसैनिकको पानीजहाजबाट भसन चार टापुमा लग्न लागिएको अधिकारीहरूले बताए । बङ्गालको खाडी नजिकै रहेको ५२ वर्गकिलोमिटर खाली जमिनमा शिविर बनाई सरकारको पहलमा सेनाले उनीहरूलाई त्यहाँ राख्न लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.