भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्याे, शुक्रबारकाे जिल्ला गत विवरण

थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२ पुग्याे, शुक्रबारकाे जिल्ला गत विवरण

२३ जेठ २०७७ शुक्रबार, काठमाडौं । नेपालमा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । २६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो ।

आज थपिएका २७८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । नेपालमा हालसम्म ३३३ जना उपचारपछि निको भएका छन् । पछिल्ललो २४ घण्टामा ४३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् । ६८ जिल्लामा संक्रमण देखिएको छ ।

जिल्ला अनुसार
कोशी अस्पतालमा गरिएको परीक्षणमा सुनसरीका ८, झापाका ११, मोरङका ६ जनामा कोरोना भाइरसको संक्रमित भेटिएकाे छ ।

रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १ जना, रुपन्देहीका १८ जनामा कोरोना संक्रमण भेटिएको छ ।

हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा सिन्धुली र बाराका दुईदुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीको प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा तनहुँका दुई जनाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

धरानको प्रयोगशालामा गरिएको परीक्षणमा भोजपुरका ५, झापाका १ र सुनसरीका १३ जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कैलालीका ४, अघामका १, बझाङका १, डडेल्धुराका १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

काभ्रेस्थित धुलिखेल अस्पतालको प्रयोगशालामा रामेछापका १७ र काभ्रेका ५ जनाको रिपोर्ट पोजेटिभ पाइएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ९० र जुम्लामा रहेका ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जुम्लाका ७ मध्ये ४ जना भने अन्य जिल्लाका हुन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सुर्खेत र दाङका एकएक जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये बाराका १ जना छन् । काठमाडौंमा रहेका गुल्मी र कास्कीका एकएक जनामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । सोही प्रयोगशालामा कपिलवस्तुका ४४, धनुषाका ४, महोत्तरीका १७ र रौतहटका ६ जनामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

शुक्रबार देशभरमा २ सय ६७ जना पुरुष र ११ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । हालसम्म २ हजार ७ सय १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ सय ७५ महिला यो भाइरसबाट संक्रमित भएका छन् ।

हालसम्म कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । नेपालमा कोरोना संक्रमण भएका ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमणका कारण ११ जनाको भने मृत्यु भइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.