भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

थप ४७३ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १४५१९ पुग्याे (भिडियाे)

थप ४७३ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १४५१९ पुग्याे (भिडियाे)

१८ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ । कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/2640060576215143/

स्वास्थ्य मन्त्रालयले नै दियो गलत सन्देश

बुधबार साँझसम्म नेपालम १४ हजार ४३ कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । तीमध्ये ९९ प्रतिशतलाई कुनै पनि लक्षण देखिएको छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा थुक वा र्‍यालका छिटाबाट सजिलैसँग यो भाइरस सर्ने चिकित्सकहरू बताउँछन् ।

लक्षण नभएका कोरोना संक्रमितबाट पनि अन्य व्यक्तिमा भाइरस सर्न सक्ने विज्ञहरुले बताउँदै आइरहेका छन् । विश्व स्वास्थ्य संगठनले पनि हालसम्म लक्षण नभएकाबाट कोरोना भाइरस सर्दैन भनेर आधिकारिक रूपमा पुष्टि गरेको छैन।
तर, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने लक्षण नभएका कोरोना संक्रमितबाट अन्य व्यक्तिमा कोरोना भाइरस सर्दैन भनेर गलत सन्देश दिएको जनस्वास्थ्य विज्ञहरुको भनाई छ ।

रोटा भाइरस विरुद्ध खोप सञ्चालन
सरकारले रोटा भाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार रोटा भाइरस खोप नेपालमा सञ्चालनमा आएको जानकारी गराएका छन् । बालबालिकाको मृत्युको मुख्य कारकमध्येको एक झाडापखाला र झाडापखाला गराउने मुख्य तत्व रोटा भाइरस विरुद्धको खोप ‘रोटा रिक्स’ सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ ।

यो सँगै राष्ट्रिय खोप कार्यक्रममा समावेश निःशुल्क खोपको संख्या १२ पुगेको छ । खोप सेवाको माध्यमबाट संक्रामक तथा प्राणघातक रोग नवशिशु धनुष्टङ्कार सन् २००५ देखि निवारणको अवस्थामा रहेको, दादुरा रुवेला, निमोनिया, जापानिज इन्सेफालाइटिस, लहरेखोकी, भ्यागुते रोग, हेपाटाइटिस बी आदि नियन्त्रण गरी नेपालको बाल मृत्युदर उल्लेख्य रुपमा कमी आई सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा खोप कार्यक्रमको महत्वपूर्ण योगदान रहेको र दिगो विकास लक्ष्य प्राप्तिमा समेत खोप सेवा महत्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

यो कार्यक्रममार्फत देशैभर मासिक करिब १६ हजार खोप केन्द्रबाट ११ वटा रोगको विरुद्धमा १५ महिनासम्मका बालबालिकालाई निःशुल्क रुपमा खोप सेवा प्रदान गरिएको जनाइएको छ । यो कार्यक्रमबाट वार्षिक करिब ६ लाख २० हजार न्दा धेरै बालबालिकालाई संक्रामक तथा प्राणघातक रोगबाट सुरक्षा गरिरहेको मन्त्रालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.